धनकुटा — धनकुटा चौबिसे गाउँपालिका-७ किरात चोकमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय मुसलमान तामाङ रहेका छन् । चौबिसे गाउँपालिकास्थित अठारसयका मृतक तामाङ २० वर्षदेखि चौबिसे-७ का ताजेलोङ चेम्जोङको घरमा बस्दै आएका थिए ।
शुक्रबार अपराह्न गोगने प्रजातीको रुखमा घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएको तामाङको उपचारका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।
