संखुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

पुस २४, २०८१

रासस

Snowfall in Makalu area of ​​Sankhuwasabha, life affected

काठमाडौँ — संखुवासभाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । 

उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ ।

चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।  

रासस

Link copied successfully