ताप्लेजुङ — गणेश सिग्देलको नेतृत्वमा कार्यसमिति चयन गर्दै निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) ताप्लेजुङको नवौं जिल्ला अधिवेशन सकिएको छ ।
३४ औं प्याब्सन स्थापना दिवसको अवसरमा आयोजना गरिएको अधिवेशनबाट समिति उपाध्यक्षमा देवराज गुरुङ, सचिव तरुण भारती, कोषाध्यक्षमा चन्द्रबहादुर मादेन चयन भएका छन् ।
हरिप्रसाद पौडेल, सरोज थापा, अनुपमा प्रधान सदस्य र खेमराज बराल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले उद्घाटन गरेको अधिवेशन तथा प्याब्सन डेमा विद्यालय र शिक्षकहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । जिल्लामा १६ वटा निजी विद्यालय रहेका छन् ।
