भेडेटारबाट १६ केजी गाँजासहित श्रीमान्-श्रीमती पक्राउ 

पुस २३, २०८१

रमेशचन्द्र अधिकारी

Husband and wife arrested with 16 kg ganja from Bhedetar

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित भेडेटार बजारबाट प्रहरीले मंगलबार १६ किलोग्राम गाँजासहित एक दम्पतीलाई नियन्त्रणमा लिएको छ ।

यसक्रममा धरानतर्फ जाँदै गरेको को ३३ प ९३०७ को मोटरसाइकलबाट उक्त गाँजा बरामद भएको जनाइएको छ ।

मोटरसाइकल चालक धनकुटाको सहिदभूमि गाउँपालिका ७ का ३९ वर्षीय निकेन्द्र राई र पछाडि बस्ने उनकी श्रीमती ३० की निशालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरट्ठक्षक रमेश प्रधानको नेतृत्वमा खटिएको टोलीले खानतलासीका क्रममा उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको जनाइएको छ।

रमेशचन्द्र अधिकारी अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully