मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी

पुस २१, २०८१

डम्बरसिं राई

A complaint was filed against a woman who had lost her mental balance

खोटाङ — मानसिक सन्तुलन गुमाएकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ती महिला घरमा एक्लै भएको मौका छोपी एक व्यक्तिले जबरजस्ती करणी गरेको र हाल महिलाको छ महिनाको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केपिलासगढी गाउँपालिका–१ फेदीका ३९ वर्षीय एककुमार राईले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

राईविरुद्ध पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।

'उजुरी परेको छ । हामीले स्थलगत मुचुल्का पनि गरिसकेका छौँ । अब आइतबार अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाउँछौँ ।'

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully