ट्र्याक्टर चोरेको आरोपमा पक्राउ

पुस १९, २०८१

दीपेन्द्र शाक्य

Arrested for stealing a tractor

संखुवासभा — ट्र्याक्टर चोरेको आरोपमा खाँदबारी नगरपालिका-८ सार्कीडाँडाका २० वर्षीय गजेन्द्र रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले भोजपुर षडानन्द नगरपालिका-६ कुमालगाउँका नरबहादुर कुमालको प्रदेश १-०२-००३ त २७५५नम्बरको ट्र्याक्टर चोरेको प्रहरीले जनाएको छ ।

उनलाई तुम्लिङटारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए । 

संखुवासभा पाँचखपन नगरपालिका-६ वानाबाट पुस बुधबार राति चोरी भएको ट्र्याक्टर खाँदबारी-१ को चिल्ले चौतारा नजिक भेटिएको थियो । उनलाई जिल्ला अदालत चैनपुरबाट शुक्रबार ६ दिनको म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

दीपेन्द्र शाक्य

Link copied successfully