चिसो बढेपछि संखुवासभामा बिरामीको चाप

पुस १७, २०८१

दीपेन्द्र शाक्य

The number of patients in Sankhuwasabha increased after the cold

संखुवासभा — चिसो बढेसँगै संखुवासभामा रुघाखोकी, ज्वरो र निमोनियाका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल संखुवासभामा चिसोका कारण बिरामीको चाप बढेको हो।

एकसातादेखि रुघाखोकी, ज्वरो र निमोनियाका दैनिक १ सय ३० जना बिरामी उपचारका लागि आउने गरेको डा. प्रणाम जयरुले जानकारी दिए । चिसो ह्वातै बढेका कारण अस्पतालमा निमोनिया, रुघाखोकी, छालाका रोगी र दमका रोगीको संख्या बढेको छ ।

खाँदबारी बाहेकका अन्य स्वास्थ्य चौकीहरुमा पनि बिरामीको चाप बढेको छ । विशेष गरी उत्तरी क्षेत्रको किमाथांका, हटिया, चेपुवाको तापक्रम सून्यसम्म झर्ने भएकाले त्यहाँ चिसोका बिरामी बढी देखिएको छ । चिसोले दीर्घरोगी, रक्तचाप असन्तुलन भएका तथा बालबालिका र वृद्धवृद्धालाई छिट्टै असर गर्ने गरेको छ ।

ग्रामीण भेगमा स्वस्थ खानेकुरा र पानीको अभावसागै बस्ने ठाउा पनि तातो र न्यानो नहुादा चिसोका बिरामी बढी हुने गरेको उनले बताए । आगो बालेर न्यानो गरी बस्न, तातो झोल कुरा खान, उमालेको पानी मात्र पिउन चिकित्सकको सुझाब छ । 

दीपेन्द्र

Link copied successfully