ताप्लेजुङमा लागूऔषधसहित तीन जना पक्राउ 

पुस १४, २०८१

आनन्द गौतम

Three people arrested with drugs in Taplejung

ताप्लेजुङ — लागूऔषधसहित जिल्ला प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शर्माका अनुसार गोप्य सूचनाका आधारमा फुङलिङ नगरपालिका-४ गोसलाइन क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

फुङलिङ नगरपालिका-४ का २१ वर्षीय सोनुहाङ लिम्बू, ८ का २१ वर्षीय राम तामाङ तथा वडा न ७ का २० वर्षीय सुमन तामाङ रहेको प्रहरीले जनाएको छ । सोनुहाङको साथबाट १६ पिस ट्रामाडोल र १६ ट्याब्लेट स्पास्पेन फेला परेको छ । सुमनको साथबाट २ पिस ट्रामाडोल र २ ट्याब्लेट स्पास्पेन लुकाई छिपाइ राखेको अवस्थामा फेला पारेको समेत प्रहरीले जनाएको छ । 

तीनैजनालाई लागूऔषध नियन्त्रण ऐन-२०३३ अनुसार जिल्ला अदालत ताप्लेजुङबाट ५ दिनको म्याद थपी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully