खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएकालाई जाडोमा न्यानो सिरक वितरण गरिएको छ ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ५१ जनालाई बिहीबार फाइबर सिरक वितरण गरिएको हो । वडाको बजेटबाटसिरक वितरण गरिएको वडाध्यक्ष महेन्द्र राईले बताए । यसबाहेक दलित र आर्थिक अवस्था कमजोर भएका १० वर्षमुनिका ४० जना बालबालिकालाई पनि न्यानो ट्र्याकसुट, टोपी र मोजा वितरण गरिएको वडाध्यक्ष राईले बताए ।
‘ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका ५१ जनालाई फाइबर सिरक वितरण गरियो,’ उनले भने,‘दलित र आर्थिक अवस्था कमजोर भएका ४० जना बालबालिकालाई पनि ट्र्याकसुट, टोपी र मोजा वितरण गरिएको छ ।’
