खोटाङ — ञकाठमाडौंबाट फेदी आउँदै गरेको टाटा सुमो दुर्घटनामा घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ ।
ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी–३ बास्पानीको राँटीमा बुधबार दिउँसो तीन बजे दुर्घटना हुँदा घाइते भएका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा राति ८ मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार गाडी राखेको ठाउँबाट ब्याक भएर करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनाको बेला चालक गाडी बाहिरै रहेको डीएसपी विष्टले बताए ।
गाडी चालक ऐँसेलुखर्क गाउँपालिका–१ का ३६ वर्षीय सत्रुधन राईलाई पक्राउ गरिएको डीएसपी विष्टले बताए ।
