जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख आचार्य र उनका छोरा मृत फेला

पुस ८, २०८१

डम्बरसिं राई

Chief Acharya of District Post Office Khotang and his son were found dead

खोटाङ — जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण आचार्य भक्तपुरमा मृत फेला परेका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारा टोलमा सोमबार बिहान उनीहरू मृत फेला परेका हुन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ निवासी ५६ वर्षीय कुलप्रसाद केही दिनअघि मात्रै काठमाडौं गएका थिए । बालकोट फिकाधारामा डेरा गरी बस्ने छोराहरू प्रवीण र मिलन आचार्यको कोठामा उनी र २२ वर्षीय कान्छा छोरा प्रवीण मृत फेला परेका हुन् । 

फरक–फरक कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत भेटिएको उनको परिवारले जनाएको छ । जेठा छोरा मिलन भने सम्पर्कमा आएका छैनन् । ‘छोराहरू पनि भेट्छु र फलोअप गर्छु भन्दै जानुभएको हो,’ छिमेकी तथा नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले भने ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully