सफल उद्यमी सम्मानित 

पुस ३, २०८१

लक्ष्मी गौतम

Successful entrepreneur honored

पाँचथर — पाँचथरमा वैदेशिक रोजगारीबाट फर्केर पेसा/व्यवसायमा स्थापित भएका उद्यमीलाई सम्मान गरिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सन्दर्भ पार्दै बुधबार जिल्लाका विभिन्न स्थानीय तहका पाँचजना व्यवसायीलाई सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा फिदिम नगरपालिकाद्वारा आयोजित कार्यक्रममा मिक्लाजुङकी सबिना नेम्वाङ, कुम्मायकका रोमन चम्लागाईं,फाल्गुनन्दका जयमंगल नेम्वाङ, फालेलुङ-६ का कमल मन्योङ्बो र फिदिम-१ की यामकुमारी नेम्बाङ छन् । उनीहरुलाई फिदिम नगरपालिकामा आयोजित एक कार्यक्रमम नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मान गरिएका पाँचै जना वैदेशिक रोजगारीमा गएर हण्डर ठक्कर खाँदै पुनः घर फर्केर पेसा/व्यवसायमा सफल उदाहरणीय कहलिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संयोजक क्षोमाया तामाङले जानकारी दिइन् ।

उद्यमीहरुलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद पुरस्कार अर्पण गरेका थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully