ताप्लेजुङ — फुङलिङ नगरपालिका-६ मा सोमबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार धरान बसोबास गर्दै आएका महेन्द्र गुरुङको घर जलेर नष्ट भएको हो ।
उनको घरमा टीकामाया गुरुङ बस्दै आएकी थिइन् । ढुंगा माटोले बनेको र टीनको छानो भएको तीनतले घर जल्दा ८ लाख बढीको क्षति भएको वडाध्यक्ष तेज गुरुङले बताएका छन् । गरगहना र नगद गरी २ लाख ४६ हजार रुपैयाँ जलेको पाइएको वडाध्यक्ष गुरुङले बताए ।
दमकल पुग्ने बाटो नभएकाले आगलागी भएको देखेरपनि निभाउने उपाय नभएको उनले बताएका छन् ।
