झापामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

पुस १, २०८१

कान्तिपुर संवाददाता

2 people died in a motorcycle accident in Jhapa

झापा — झापाको दमक नगरपालिका वडा नं. १० सेतुमारी चोक नजिक भित्री सडक खण्डमा आइतबार राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्युु भएको छ।

सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदैँ गरेको प्रदेश न. १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार गौरादह नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३२ कि जमुना धिमाल र सोही स्थान बस्ने वर्ष २५ कि  मनचरी राई भनिने ओम कुमारी राईको उपचारका क्रममा दमक अस्पतालमा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ बस्ने वर्ष २७ को बिराज थापाले हाँकेको मोटरसाइकलमा दुई महिला सवार थिए। मोटरसाइकल चालकको भने बिएण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully