मझुवागढीमा उधौलीको रौनक

मंसिर ३०, २०८१

डम्बरसिं राई

The splendor of Udhauli in Majhuwagadhi

खोटाङ — तल तल सिमसारैमा एहोइ हलहलेको साग छ स्यामुना

किरे होला, कस्सम होला एहोइ तिम्रै मायाा लाग्छ स्यामुना ।

ढोल, झ्याम्टाको तालमा दिक्तेल रुपाकोट मझुवागढीको मझुवागढीमा उधौलीको अवसरमा आइतबार बालबालिकादेखि पाकासम्मले साकेला सिली नाचेका हुन् । किरात राई यायोक्खा, किरात सेवा समाज, मझुवागढी संरक्षण समितिको आयोजनामा साकेला सिलीमा किरातीहरु मात्र होइन गैरकिरातले समेत लहर मिलाएका छन् ।

किरातीहरूले मङ्सिरे पूर्णीमा उधौली र बैशाखे पूर्णीमामा उभौली गरी वर्षमा दुई पटक सिली नााच्ने गर्दछन् । यो बेला जाडो छल्न जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको हो । यो बेला बाली–नाली भित्राइसकेपछि पितृलाई चढाउने चलन छ । अनिकाल नलागोस्, अन्नबालीको सह बसोस, वर्षभरि खान पुगोस् भन्ने कामनाका साथ पितृलाई चढाउने किराती संस्कृति छ । ‘यो बेला जाडो छल्न जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको हो’ किराती संस्कृतिविद प्रश्नराज राईले भने–‘उधौलीको बेला अन्न बाली भित्राइसकेपछि अनिकाल नलागोस्, सह बसोस् भन्ने कामनाका साथ पितृलाई चढाउने परम्परा छ ।’

The splendor of Udhauli in Majhuwagadhi

त्यस्तै बैशाखे पूर्णीमाको बेला गर्मी छल्न उभौली लाग्ने भएकाले उभौली भनिएको राईले बताए । ‘यो बेला गर्मी छल्न जलचर तथा थलचर उभौली लाग्ने भएकाले उभौली भनिएको हो’ राईले भने–‘यो बेला चाहिा खेती पाती राम्रो होस्, भलपहिरो, प्राकृतिक प्रकोप आइनलागोस् भनेर कामना गर्दै पितृलाई बल मागिन्छ ।’

उधौलीको अवसरमा आइतबार विभिन्न ठाउामा साकेला सिली नााचिएको छ । किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातका अनुसार जिल्लाका विभिन्न ठाउाहरूमा उधौलीको अवसरमा साकेला सिली नााचिएको हो । साकेला सिली किराती समुदायको मात्र नभएर सबै जातजाति तथा धर्मका समुदायले समेत नााच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका पूर्वप्रमुख बबि चाम्लिङले बताए । ‘यो किराती समुदायको मात्र होइन, सबै धर्म समुदायका साझा हो’ चाम्लिङले भने–‘साकेलाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको छ ।’

The splendor of Udhauli in Majhuwagadhi

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully