हत्या आरोपमा भोटखोलामा एक जना पक्राउ 

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

One person arrested in Bhotkhola on charges of murder

संखुवासभा — भोटखोला गाउँपालिका-२ चेपुवामा खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । खुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला  प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

शनिबार राति धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका भोटेको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । खुकुरी प्रहारबाट भोटेको कम्मरमा गहिरो चोट लागेको थियो ।

प्रहरीले खुकुरी प्रहार गरी हत्यामा संलग्न भएको आरोप सोही ठाउँका ६१  वर्षीय छाङवा भोटेलाई पक्राउ गरेर सोमबार जिल्ला प्रहरी कार्यालय ल्याएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully