थामे बाढी : तीन दिनदेखि बेपत्ता शेर्पा सम्पर्कमा आए

भाद्र २, २०८१

डम्बरसिं राई

Stop the flood: Sherpa who has been missing for three days has been contacted

खोटाङ — थामे बाढीमा बेपत्ता भनिएका ५५ वर्षीय नुरु टुडु शेर्पा सम्पर्कमा आएका छन् । साउन ३२ गते हिमताल फुटेर बाढी आउँदा बेपत्ता भएका शेर्पा आइतबार थामेको माथिल्लो गाउँमा फेला परेका हुन् ।

सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार गाउँलेले खबर गरेअनुसार थामेको माथिल्लो गाउँमा फेला परेका हुन् ।

‘सुरुमा गाउँलेले नै बेपत्ता भनेका हुन्,’ डिएसपी घिमिरेले भने, ‘अहिले पनि गाउँलेले नै भटियो भनेका हुन् ।’ 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully