१३ वर्षीया छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

असार १६, २०८१

डम्बरसि राई

Teacher arrested for raping 13-year-old student

खोटाङ — १३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक शनिबार पक्राउ परेका हुन् । 

स्थानीयका अनुसार बालिका गर्भवती भएको थाहा पाएपछि प्रहरीमा जानकारी गराइएको हो । पक्राउ परेका शिक्षकलाई आइतबार म्याद थप गरी थप अनुसन्धान बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले बताए । 

डम्बरसि

Link copied successfully