प्रदेश १ मा एमालेको प्रमुख सचेतक भण्डारी

पुस २१, २०७९

देवनारायण साह

मोरङ — प्रदेश १ का सबभन्दा ठूलो दल एमालेको प्रमुख सचेतकमा सांसद रेवतीरमण भण्डारीलाई चयन गरिएको छ । एमाले संसदीय दलको बिहीबार बसेको बैठकले भण्डारीलाई दलको प्रमुख सचेतक चयन गरेको हो । 

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दलको बैठकले सबैको सहमतिमा भण्डारीलाई प्रमुख सचेतक चयन गरेको बताए । भण्डारी सुनसरी २ (१) बाट निर्वाचित प्रदेश सांसद हुन् । कार्कीले दलको उपनेता र सचेतकपछि चयन गरिने बताए । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४० सांसद छन् ।

देवनारायण

Link copied successfully