संखुवासभा — मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जना मजदुरको उद्धार गरिएको छ। उनीहरुलाई रसुवाको कालिका गाउँपालिकाको पहलमा उद्धार गरिएको हो।
उनीहरु विदेशी पर्यटकको भरियाका रुपमा मकालु आएका थिए। उनीहरुलाई खाँदबारीमै अलपत्र परेका बेला सोमबार उद्धार गरिएको हो।
उनीहरु विदेशी पर्यटकको सामान बोकेर लकडाउन सुरु हुनु अघिल्लो दिन चैत १० मा भोटखोला गाउँपालिकाको हटिया पुगेका थिए।
त्यहाँ ६ दिन अपलत्र परेपछि भोटखोला गाउँपालिकाले अनुमति दिएर सदरमुकाम ल्याइएको डीएसपी मिमबहादुर लामाले बताए। भोटखोलाबाट खाँदबारी आएपछि २६ दिनसम्म उनीहरु एक होटलमा बसेका थिए।
