संखुवासभा जिल्ला अस्पतालमा भेन्टिलेटर सेवा सुरु

चैत्र १९, २०७६

दीपेन्द्र शाक्य

संखुवासभा — जिल्ला अस्पताल खाँदबारीले कोरोना भाइरस नियन्त्रण र रोगथामका लागि भेन्टिलेटर सेवा सञ्चालनमा ल्याएको छ । मंगलबारबाट आइसोलेसन कक्षका लागि २ वटा भेन्टिलेटर जडान गरेर तयारी अवस्थामा राखिएको छ ।

निर्माणाधीन अरुण तेश्रो आयोजनामा कार्यरत मजदुरको स्वास्थ्य सेवा र स्थानीयबासिन्दालाई सेवा दिने उद्देश्यले यो सेवा सुरु गरिएको हो । आयोजनाले २ वटा भेन्टिलेटरसहित जिल्ला अस्पताल संखुवासभालाई १ करोड ५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । 


अस्पतालमा ५० बेड रहेका छन् । ७ बेड आइसोलेसनका लागि अलग गरिएको छ । एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले जिल्ला अस्पताल संखुवासभालाई ६७ लाख बराबरको २ वटा भेन्टिलेटर, आईसीयू बेड, पीपीईलगायतका ३० प्रकारका सामग्री उपलब्ध गराएको हो । ती सामग्री अरुण तेश्रोका सीईओ अरुन धिमानले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई मंगलबार हस्तान्तरण गरे ।


कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई उपचारका लागि सहयोग होस भनेर ती सामग्री उपलव्ध गराइएको सीईओ धिमानले बताए । 

दीपेन्द्र

Link copied successfully