आफूले माया गरेको/उसका कोमल ओठमा मुखाग्नि दिँदै/अँगार बनाएर उसलाई/घाटको किनारमा छाडेर आएको थिएँ
What you should know
काठमाडौँ — स्मृतिका-प्रगाढ डोबहरू छाडेरआगोको बाटो हुँदैधुँवाको बाटो हुँदैपानीको बाटो हुँदैबादलको बाटो हुँदैयति बेला कहाँ पुगी होला ऊ ?
उसलाई
अन्तिम बिदाई गर्नुअघि
नमिठो गरी
बजिरहेको थियो शङ्खध्वनि
समयले
गुन्जाइरहेको थियो शोकधुन
मैले त उसलाई
छोराछोरीहरूसँगै-
उनीहरूले देख्छन् कि भनेर
देखेर
अझ भक्कानिन्छन् कि भनेर
news-wrap-secप्रियजनहरूको रोहवरमा
लुकाएर आँखाका आँसु
सम्हालिँदै सम्हालिँदै
निर्मम भएर
उनीहरूसँगै-
आफूले माया गरेको
उसका कोमल ओठमा मुखाग्नि दिँदै
अँगार बनाएर उसलाई
घाटको किनारमा छाडेर आएको थिएँ
त्यति बेला
मध्यरातमा मसँगै
उदास उदास
फर्किएका थिए
हामीलाई माया गर्ने
हाम्रा धेरैधेरै
शुभेच्छुकहरू/आफन्तहरू
अर्थात् मलामीहरू !
हामी त काँडा टेकेर फर्कियौं
घिउका सुगन्धित सुवास नाघेर फर्कियौं
news-wrap-secमुटुभरि उसकै अगाध प्रेम र
याद लिएर फर्कियौं
शून्य पारेर घर आँगन
रित्तो पारेर कोठा
बादल भएर कुहिरो भएर
बतास भएर
अहिले ऊ
आकाश भेट्न पुगी कि पुगिन होला ?
अरूले भन्ने गरेका
स्वप्निल स्वर्ग भेट्न ,पुगी कि पुगिन होला ?
मलाई नितान्त एक्लो पारेर
बचेराहरूलाई टुहुरो पारेर
अबोध नातिको भाषामा ऊ
news-wrap-secभगवान्को प्यारो घर पुगी कि पुगिन होला ?
सधैं मध्यरातमा पनि
हल्लाउँछ भ्रमले
हल्लाउँछ झझल्कोले
हल्लाउँछ प्रेमले
अझै लाग्छ
आरती गर्दै पूजाकोठामा छे ऊ
जल चढाउँदै
साँझबत्ती बाल्दै
तुलसीमठमा छे
कपडा पट्याउँदै
दराजको छेउमा छे
पीडामा
दुख्यो भनेर सुमसुम्याउँदै
अँगालोमा छे
भोकमा आहारा भएर
तिर्खामा पानी भएर
बिरामीमा औषधि भएर
दु:खमा अंशियार भएर
news-wrap-secमेरो श्यामश्वेत जीवनको
इन्द्रेनी रङ भएर
मेरो जीवनको विस्मृत
आकाशभरि छे
सोचिरहेछु
उफ् ! यति बेला ऊ कहाँ पुगि होली ?
कतै झरीले रुझायो कि !
कतै घामले पोल्यो कि !!
कतै यात्राले थकायो कि !!!
झ्यालबाट एक्लै एक्लै
टोलाउँदै टोलाउँदै
लामो यात्रामा हिँडेको
बस र रेलको एउटा यात्रीझैं
स्वास्नी मरेपछि
news-wrap-secकिरिया नलाग्ने म लोग्नेलाई
मुटुमा राखेका
प्यारा छोराछोरीहरूलाई
सम्झिरहेकी होली कि नाइँ ?
हामीलाई जस्तै
हाम्रो यादले, मायाले
उसलाई पनि सताइरहेको होला कि नाइँ ?
अथवा
कसैले देख्छ कि भनेर
प्रेमिल यादको कुहिरोलाई हत्केलाले पन्छाउँदै
आफ्नो दिवंगत शरीर डढेर उडिरहेको आत्मासँगै
मन नलागी नलागी
माथिमाथि आकासिँदै
बिदाइको हात हल्लाउँदै
मायामा आँखाबाट
तपतप खसेका आँसुलाई
news-wrap-secहत्केलाले पुछिरहेकी होली कि नाइँ ?
