यति बेला कहाँ पुगी होला ऊ ?

आफूले माया गरेको/उसका कोमल ओठमा मुखाग्नि दिँदै/अँगार बनाएर उसलाई/घाटको किनारमा छाडेर आएको थिएँ

श्रावण १९, २०८२

विवश पोखरेल

Where did he go at this time?

What you should know

news-wrap-sec

काठमाडौँ — स्मृतिका-प्रगाढ डोबहरू छाडेरआगोको बाटो हुँदैधुँवाको बाटो हुँदैपानीको बाटो हुँदैबादलको बाटो हुँदैयति बेला कहाँ पुगी होला ऊ ?

उसलाई 

अन्तिम बिदाई गर्नुअघि 

नमिठो गरी

बजिरहेको थियो शङ्खध्वनि

समयले

गुन्जाइरहेको थियो शोकधुन

मैले त उसलाई

छोराछोरीहरूसँगै-

उनीहरूले देख्छन् कि भनेर

देखेर 

अझ भक्कानिन्छन् कि भनेर

World Cup 2026
news-wrap-sec

प्रियजनहरूको रोहवरमा 

लुकाएर आँखाका आँसु

सम्हालिँदै सम्हालिँदै

निर्मम भएर

उनीहरूसँगै-

आफूले माया गरेको 

उसका कोमल ओठमा मुखाग्नि दिँदै

अँगार बनाएर उसलाई

घाटको किनारमा छाडेर आएको थिएँ

त्यति बेला

मध्यरातमा मसँगै

उदास उदास

फर्किएका थिए

हामीलाई माया गर्ने

हाम्रा धेरैधेरै

शुभेच्छुकहरू/आफन्तहरू 

अर्थात् मलामीहरू !

हामी त काँडा टेकेर फर्कियौं

घिउका सुगन्धित सुवास नाघेर फर्कियौं

news-wrap-sec

मुटुभरि उसकै अगाध प्रेम र

याद लिएर फर्कियौं

शून्य पारेर घर आँगन 

रित्तो पारेर कोठा

बादल भएर कुहिरो भएर

बतास भएर

अहिले ऊ

आकाश भेट्न पुगी कि पुगिन होला ?

अरूले भन्ने गरेका

स्वप्निल स्वर्ग भेट्न ,पुगी कि पुगिन होला ?

मलाई नितान्त एक्लो पारेर

बचेराहरूलाई टुहुरो पारेर

अबोध नातिको भाषामा ऊ

news-wrap-sec

भगवान्‌को प्यारो घर पुगी कि पुगिन होला ?

सधैं मध्यरातमा पनि 

हल्लाउँछ भ्रमले

हल्लाउँछ झझल्कोले

हल्लाउँछ प्रेमले

अझै लाग्छ

आरती गर्दै पूजाकोठामा छे ऊ

जल चढाउँदै 

साँझबत्ती बाल्दै

तुलसीमठमा छे 

कपडा पट्याउँदै

दराजको छेउमा छे

पीडामा

दुख्यो भनेर सुमसुम्याउँदै

अँगालोमा छे

भोकमा आहारा भएर

तिर्खामा पानी भएर

बिरामीमा औषधि भएर

दु:खमा अंशियार भएर

news-wrap-sec

मेरो श्यामश्वेत जीवनको 

इन्द्रेनी रङ भएर

मेरो जीवनको विस्मृत 

आकाशभरि छे

सोचिरहेछु

उफ् ! यति बेला ऊ कहाँ पुगि होली ?

कतै झरीले रुझायो कि !

कतै घामले पोल्यो कि !!

कतै यात्राले थकायो कि !!!

झ्यालबाट एक्लै एक्लै

टोलाउँदै टोलाउँदै

लामो यात्रामा हिँडेको

बस र रेलको एउटा यात्रीझैं

स्वास्नी मरेपछि

news-wrap-sec

किरिया नलाग्ने म लोग्नेलाई

मुटुमा राखेका 

प्यारा छोराछोरीहरूलाई 

सम्झिरहेकी होली कि नाइँ ?

हामीलाई जस्तै 

हाम्रो यादले, मायाले 

उसलाई पनि सताइरहेको होला कि नाइँ ?

अथवा  

कसैले देख्छ कि भनेर

प्रेमिल यादको कुहिरोलाई हत्केलाले पन्छाउँदै

आफ्नो दिवंगत शरीर डढेर उडिरहेको आत्मासँगै

मन नलागी नलागी 

माथिमाथि आकासिँदै

बिदाइको हात हल्लाउँदै

मायामा आँखाबाट 

तपतप खसेका आँसुलाई 

news-wrap-sec

हत्केलाले पुछिरहेकी होली कि नाइँ ?

विवश

Link copied successfully