पहिलो प्रहरऊ सधैं गमिरहन्छ-यार तँ ठोस कुरा गर्
भावनामा नआ
जिन्दगी तरलताले चल्दैन ।
दोस्रो प्रहर
ऊ प्रायः भनिरहन्छ—
एक बारको जुनीमा
तँ दिलदेखि बाँच्
दिमागलाई दिमागैदेखि हटाइदे ।
तेस्रो प्रहर
आफैंलाई सुनाइरहन्छ—
तँ कुनै ग्रहभन्दा ठूलो होइनस्
काम होस् या नहोस्
आफ्नो अक्षमा घुमिराख् ।
चौथो प्रहर
ऊ सोच्छ—
मान्छे किन जन्मिँदो हो
news-wrap-secकिन दौडिँदो हो
जबकि एक दिन त ऊ
रोकिनेछ थाहै नपाई ।
पाँचौं प्रहर
ऊ देख्छ—
निहुरिएको बोट
र त्यसमा पलाएका पालुवा
अनि ऊ दौडिन्छ—
सडकमा तुफान ।
छैटौं प्रहर
‘मान्छे हुँ, पत्याइदेेऊ’ प्लाकार्डहरूको भीड
बढिरहेछ माइतीघर जंगलदेखि सिंहदरबार–सर्वोच्च अदालततिर
अचानक आउँछ याद उसलाई बच्चामै पढेको कथा
जहाँ डुबेको थियो कुवामा सर्वोच्च सिंह ।
news-wrap-secसातौं प्रहर
अँध्यारो छ संसार
लाग्छ दिन निस्सार
अबेरसम्म एक्लो चल्छ
भावनाहरुको ओसारपसार ।
आठौं प्रहर
सदाझैं आउँछिन् उनी सपनामा
नाउँ उनको भावना
ठेल्दिनन् कुनै धारणा
किनकि, उनी एक भावना ।
पहिलो प्रहर—
भावनाले चल्दैन
अन्तिम प्रहर—
भावनाले छोड्दैन ।
भावनादेखि भावनासम्मको
यो तरल भावनामाथि
हर दिन, आठै प्रहर
कल्पेर पनि
निर्माण गर्न सकिनँ मैले
news-wrap-secकुनै ठोस धारणा
हे भावना !
मलाई यो तरलता प्रवाहबाट बचाऊ ।
