पड्किएको बन्दुक हो कि चेतना !ढलेको आस्था हो कि धरोहर !
सडकमा जिन्दावाद/मुर्दावाद गुन्जिरहेकै छ
वर्षौंदेखि दन्त्यकथाझैं
पुस्तान्तरण भइरहेछ उही कथा
बाक्लो तुवाँलोले ढाकिएको छ जीवन ।
एकदिन
आफ्नै घाम–जून हेर्न पाउने आशामा
कयौं मानिस बिदा भइसके
गाथगादी ताक्नेहरु,
तुरूङ्गमा कोचाइएकाहरु,
छातीमा बज्र, खुट्टामा नेल ठोकिएकाहरु
हाम्रै पिठ्युामा उक्लिएर
गादी पल्टाएर गद्दीनसिन भइसके ।
news-wrap-secमक्किसकेको पुरानो खिड्की खोलेर चिहाउँछु
हृवास्स दुर्गन्धित चिसो भित्र छिर्छ,
रङ सेतो भएर के गर्नु ? तुवाँलो झन् बाक्लिएको छ ।
खुट्टा चल्मलाउन नसक्ने गरी लुलो भइसके
जिउ आफ्नै भुइँतला झर्न नसक्ने गरी कुाजिइसक्यो
हुरीकै वेगमा दौडिने बाटा पनि अब
लामा र पट्यारलाग्दा भइसके
नजिकको केही ठम्याउन नसक्ने गरी
तुवाँलो अझै बाक्लिएकै छ
news-wrap-secम आकाश फाट्ने गरी चिच्याउँछु
तर, स्वर कण्ठनेर गाँठो परिबस्छ
पुरिनेछन् खाडलहरु
कोही होचोनिचो हुनेछैन
समथर र सम्म हुनेछ धर्ती
त्यो सम्पन्नता, त्यो मधुरता, त्यो शान्ति
त्यो विश्वास, त्यो न्यानो अँगाल्न पाए ?
फेरि ती फूलहरु उमार्न पाए ?
सपना बुन्न नपाउँदै
बस्ती छाड्नेहरुको लहर देखिन्छ झ्यालबाट
अब हृदयको तलाउ सुक्खा भइसक्यो भनेको सुन्छु
news-wrap-secअब यहाँ वसन्त कहिल्यै फर्किन्न भनेको सुन्छु
यो तुवाँलोले अझै रगत मागिरहेछ
यो जुकारुपी बस्ती रूग्नु व्यर्थ छ भन्छन् आफ्नाहरु
हठात् बन्द गर्छु झ्याल
कोही चिच्चाउँछ– रगत देऊ, हामीलाई रगत देऊ
ए, एक टुक्रो रोटीजत्रो हाम्रो घाम छेकेकाहरु
के तुवाँलोले अझै रगत खोजेको
हो ?
