पट्पटी धाँजा फाटेका खेतहरुलाईसुदूरबाट आइपुगेको मनसुनले पानी दिएजस्तै
पिँजडामा कैद पक्षीलाई
दूरबाट आइपुगेको बटुवाले मुक्ति दिएजस्तै
सहरमा हराइरहेको बाल्खालाई
गाउँबाट आइपुगेका बाले हात दिएजस्तै
न्याय दिन चाहन्थें म,
फिरादपत्र बोकेर
न्यायालयको ढोका अघि
शताब्दीदेखि लाइन लागिरहेका
फिरादीहरुलाई
तिनलाई न्याय दिन
लहरले छोडी गएको किनारजस्तै
उदास बगरमा उभिन तयार थिएँ
news-wrap-secगुराँसले छोडी गएको उत्तीसजस्तै
डरलाग्दो भीरमा उभिन तयार थिएँ
आरोहीले छोडी गएको झन्डाजस्तै
हिमालको शिरमा उभिन तयार थिएँ
करतल ध्वनिका साथ
संसद्ले पास गरेका कानुनले
जहाँ जहाँ भन्छ
त्यहीं त्यहीं उभिन तयार थिएँ
न्यायको तराजु
उचाल्दा पो प्रमाणित भयो
चोरका राजाहरुबाट लेखिएका रहेछन् कानुन,
डाँकाका सरदारहरुको
कब्जामा रहेछ संसद्
शासकमण्डलको मुखिया भने
news-wrap-secजोकरको हाउभाउमा धुन्धुकारीको काम गर्थ्यो
आशाको दियो निभाएर
चारैतिर निराशा छर्थ्यो,
कस्तो नशामा फर्किन्थ्यो कुन्नि
विदेशबाट ?
विमानस्थलमा ओर्लिनेबित्तिकै
नाङ्गो भई बर्बराउँथ्यो
फिरादी–मनको अतृप्त झोलीलाई
टनाटन भरिदिन चाहन्थें म न्यायले
तर बाध्य थिएँ
फैसला, फैसला र फैसला मात्रै गर्न
