काठमाडौँ — पहिलो माफियाएकाबिहानै घन्टा बजाएर निद्रा बिथोल्छमन्दिरभित्रै बसीबसी भगवान्लाई बेच्छ
ढोकाबाहिर उभिएको माग्नेलाई घचेट्दै
हामी ताछाडमछाड गर्दै धर्म किन्न पुग्छौं
दोस्रो माफिया
कालीमाटीमा बसेर फलफूल–तरकारीको दलाली गर्छ
हामी मोलमोलाइ गर्दै
ताजा–ताजा रोग किनेर घर फर्कन्छौं
तेस्रो प्रकारका माफियाहरु
स्कुल–कलेज खोलेर बसेका छन्
हरेक महिना लामो चेकलिस्ट र बिल पठाउँछन्
news-wrap-secनिर्दोष छोराछोरीको चम्किलो भविष्य सम्झेर
चुइँक्क नबोली गोजी टक्टक्याउँछौं
चौथो माफियाका ससुराली खलकसमेत
अस्पताल खोलेर राजमार्गभरि बसेका छन्
टाउको दुखेर गए पनि नाइटो दुखेर गए पनि
अनेक जााचपड्तालका नाममा कोठा–कोठा नचाउँछन्
हामी ऋण काढी–काढी जीवन बचाउँछौं
पाँचौं माफियाका सारा दाजुभाइ
कोही असनमा किराना पसल
कोही न्युरोडमा होलसेल पसल
कोही चोक–चोकमा सुपरमार्केट खोलेर बसेका छन्
news-wrap-secहामी मुन्टो टेक्दै गोजी रित्याउन जान्छौं
छैटौं प्रकारका माफियाहरु
गल्ली–गल्लीमा बैंक खोलेर बसेका छन्
सस्तो ब्याजमा पैसा थुपार्न लगाउँछन्
निकाल्छन् अनेक स्किमहरु
हामी मख्ख परिपरि
आफ्नै पैसाको
चर्को ब्याज तिरेर सुविधा किन्न दौडन्छौं
सातौं प्रकारका माफियाहरु
सिन्डिकेट सिस्टम लगाएर
हामीलाई मान्छे कम गुन्द्रुक भन्ठानेर
खाँदीखाँदी यमपुरीको यात्रा गराउँछन्
हामी निस्सासिँदै च्यापिन्छौं, झुन्डिन्छौं
news-wrap-secआठौं प्रकारका माफियाहरु
अदालतको ढोकामै हामीलाई अठ्याउँछन्
न्याय किन्न मोलमोलाइ गर्छन्
हामी जायजेथा सकेर न्याय किन्छौं
नवौं प्रकारका माफियाहरु
हरेक सरकारी कार्यालयको क्यान्टिनमा
चिया र चुरोट पिउँदै
हाम्रो हातैमा फाइल थुत्न आइपुग्छन्
हामी लाचार बनेर फाइल सुम्पिदिन्छौं
दसौं प्रकारका माफियाहरु
मानवअधिकार, नारीअधिकार, बालअधिकारका नाममा
अनेक थरी सटर चलाउँछन्
हामी उचालिन्छौं, थचारिन्छौं, चटारिन्छौं
news-wrap-secएघारौं प्रकारका माफियाहरु
घर–घरमा म्यानपावर खोलेर बसेका छन्
हाम्रै जीवनको ओसारपसार गर्छन्
हामी सास लिएर निर्यात हुन्छौं
लास भएर आयात भइदिन्छौं
अनि माफियाका पनि माफिया
बाह्रौं प्रकारका माफियाहरु
माफियाका मालिकहरु, माफियाका नाइकेहरु
सिंहदरबारभित्र बस्छन्
मिठामिठा सपना देखाउँछन्
हामी लाममा बसीबसी भोट दिन्छौं
सप्पै माफियाहरु परिचालन गर्छन्
हामीमाथि नै हैकम चलाउँछन्
news-wrap-secप्रत्येक पटक धोका खाइरहन्छौं
तैपनि उनैलाई जिताइरहन्छौं
तर, कहिल्यै चेत्दैनौं
तर, कहिल्यै जाग्दैनौं
अब आफैं भन्नुहोस्,
माफियाहरु कसले जन्मायो ?
माफियाहरु कसले हुर्कायो ?
