प्रतिरोध बोल्छ मेरो उपनिवेशित जिब्रो

मंसिर १३, २०७७

लुना रञ्‍जित

मेरो जिब्रो एउटा उपनिवेशजहाँमलाई पूर्वजहरूसँग जोड्ने मेरो मुटुको भाषालाईविस्थापित गरेरआधिपत्यमा यो बाँच्नका लागि चाहिने भाषाले हाम्रा कथाहरू दबाउँदै हाम्रा स्मृतिका पानाहरू मेटाउँदै 

आगन्तुक शब्दका आवाजले 

मेरो बालमस्तिष्कमा जरा गाडे 

अनि, लज्जित बनायो

आदेशअनुसार बटारिन नमान्ने जिब्रोले 

गलत, अप्रासंगिक शब्द फुत्किने डरले 

मुटुमा रातदिन राज गर्‍यो

तैपनि मेरो जिब्रोको एक कुनामा

प्रतिरोधको आगो बलिरह्यो 

हार नमानी मां भाय् बोलिरह्यो 

जेल परेका कवि,

निर्वासित लेखकहरूको सम्मानमा

हाम्रो भूत, भविष्य, वर्तमान

उत्खनन गरिरह्यो 

र संरक्षण गरिरह्यो 

हाम्रा बाखं, हाम्रा लुमन्ती ।

लुना

Link copied successfully