फूलै संसार !

माघ ८, २०७३

किरण पाण्डे

फूलको घर, मयूर, विमान, पानीजहाज, पुतली अनि चराहरू । यस्तै–यस्तै अरू धेरै मन हर्ने चीजहरू । यी सबै आकृतिलाई ढकमक्क ढाकेका रंगीचंगी फूलले जीवन दिएका छन्, दुबईको मिराकल गार्डेनभित्र ।

फूलको घर, मयूर, विमान, पानीजहाज, पुतली अनि चराहरू । यस्तै–यस्तै अरू धेरै मन हर्ने चीजहरू । यी सबै आकृतिलाई ढकमक्क ढाकेका रंगीचंगी फूलले जीवन दिएका छन्, दुबईको मिराकल गार्डेनभित्र । 

दुबई ल्यान्ड डिस्ट्रिकस्थित ७२ हजार स्क्वायर मिटरमा फैलिएको गार्डेनमा साढे ४ करोड फूलहरू छन्, जसले यहाँको संसारलाई मनमोहन बनाएको छ । अग्ला घर, फराकिलो सडक र खचाखच गाडीले भरिने दुबई आफैं पनि मरुभूमिको बीचमा अवस्थित छ । त्यसैले मरुद्यान जस्तै छ यो गार्डेन । अक्टोबरदेखि अप्रिलसम्म खुला रहने यो बगैंचा बाँकी महिना भने अध्यधिक तापक्रमका कारण बन्द हुन्छ । 
२०१३ भ्यालेन्टाइन डेका दिन उद्घाटन गरिएको गार्डेनको अधिकांश द्वार मुटु आकारका छन् । यहाँ छिर्न ४० दिराम अर्थात् करिब एक हजार दुई नेपाली रुपैयाँ शुल्क लाग्छ । 

यो बगैंचामा फूलमा हाल्न मात्रै दैनिक सात लाख ५७ हजार लिटर पानी चाहिन्छ । यसका लागि सहरमा खेर गएका पानी संकलन गरिन्छ । बगैंचामा हालिएको पानी पुन: प्रयोग गर्ने गरी प्रणाली तयार पारिएको छ ।

किरण

Link copied successfully