योजना

माघ ८, २०७३

दिनेश अधिकारी

विद्युत् कटौतीको अवधि घटाउने योजना छ

सुनेको छु —
सरकार !
तिमीसाग —
विद्युत् कटौतीको अवधि घटाउने योजना छ 
साागुरा सडकहरु फराकिलो पार्ने योजना छ 
फन पार्क बनाउने योजना छ 
गाउा–गाउामा टेलिफोन पुर्‍याउने योजना छ 
सेवा–निवृत्त पदाधिकारीका लागि 
भवन निर्माणको योजना छ 
गणतन्त्रस्तम्भ निर्माणको कार्यलाई 
प्राथमिकताका साथ 
छिट्टै सम्पन्न गर्ने योजना छ 

यता मेरो पन्ध्रवर्षे छोरो भनें
कहिले सोह्र वर्ष पुगुाला 
र एकैचोटि 
नागरिकता र पासपोर्ट बनाएर 
कामको खोजीमा 
अरब उडुाला भन्ने योजनामा छ 

मलाई थाहा छ —
तिमी उसलाई काम दिन सक्तैनौ
सरकार !
मेरो चासो यत्ति मात्रै हो —
अरब पुगेको मेरो छोरोलाई 
ज्युादै फेरि यो देशमा फर्काउने 
के तिमीसाग त्यस्तो कुनै योजना छ ?
 

दिनेश

Link copied successfully