सुलिगाड खोलाबाट निकालियो अड्किएको शव

प्रहरीका अनुसार असार ६ गतेदेखि हराइरहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका-६ का ४५ वर्षीय विष्णु विकको शव भेटिएको हो ।

असार १५, २०८३

रामचन्द्र न्यौपाने

Body found stuck in Suligad River retrieved

डोल्पा — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्कास्थित सुलिगाड खोलाको खोंचमा अड्किएको शव सोमबार निकालिएको छ।

सोमबार सशस्त्र प्रहरी बलको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा शव निकालिएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार निकालिएको शव सुर्खेत जिल्ला बराहताल गाउँपालिका-६ का ४५ वर्षीय विष्णु विकको रहेको पुष्टि भएको छ । 

आइतबार बिहान अज्ञात व्यक्तिको शव खोलामा रहेको सूचना प्राप्त भएपछि सदरमुकाम दुनैबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार  विक रिग्मो बस्ती बिकास कार्यक्रममा कामगर्ने कामदार थिए । उनी असार ६ गतेदेखि हराइरहेका थिए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully