कर्णाली सरकारको नीति कार्यक्रम बुधबार

प्रदेश सरकारको आर्थिक वर्ष ०८३/८४ को नीति कार्यक्रम प्रदेश प्रमुखबाट बुधबार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत हुनेछ।

जेष्ठ १९, २०८३

तृप्ति शाही

Karnali government's policy program on Wednesday

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको नीति कार्यक्रम बुधबार  सार्वजनिक हुने भएको छ । मंगलबार बेलुका बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष ०८३/८४ को नीति कार्यक्रम प्रदेश प्रमुखबाट बुधबार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत हुनेछ।

यस्तै मन्त्रिपरिषद् बैठकले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरणका लागि ४ करोड ७४ लाख ७२ हजार बराबरको रकमका लागि स्थानिय तहमा अख्तियारी पठाउने निर्णय पनि गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहमा अख्तियारी प्रदान गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully