कांग्रेस दैलेखका सचिव वलीद्वारा राजीनामा

राजीनामा पत्रमा पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक अवस्था, संगठन सञ्चालनको शैली तथा जिम्मेवारी निर्वाहमा उत्पन्न असहज परिस्थितिका कारण पदमा रहिरहन उपयुक्त नभएको कांग्रेस दैलेखका जिल्ला कार्यसमिति सचिव खेमराज वलीले बताएका छन् ।

वैशाख २६, २०८३

ज्योति कटुवाल

Congress Dailekh Secretary Wali resigns

सुर्खेत — नेपाली कांग्रेस दैलेखका जिल्ला कार्यसमिति सचिव खेमराज वलीले पार्टीबाट राजीनामा दिएका छन् । शनिबार जिल्ला सभापतिलाई सम्बोधन गर्दै उनले लिखित रूपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्रमा कांग्रेसप्रति आफ्नो आस्था र विश्वास रहँदै आएको उल्लेख गर्दै पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक अवस्था, संगठन सञ्चालनको शैली तथा जिम्मेवारी निर्वाहमा उत्पन्न असहज परिस्थितिका कारण पदमा रहिरहन उपयुक्त नभएको उनले बताएका छन् ।

वलीले लामो समयदेखि पार्टीमा सक्रिय रूपमा काम गर्दै आएको जनाउँदै अहिलेको परिस्थितिमा पार्टीभित्र रहेर काम गर्न नसक्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरेका छन् । 'पार्टीको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति भने मेरो प्रतिबद्धता कायमै छ,' उनले भनेका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully