सुर्खेतमा सुकुमवासीद्वारा प्रदर्शन

उनीहरुले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् ।

वैशाख २५, २०८३

ज्योति कटुवाल

Protest by Sukum residents in Surkhet

सुर्खेत — सरकारले  वैकल्पिक व्यवस्थाविना बसोबास गरिरहेको ठाउँबाट हटाउन खोजिएको भन्दै सुर्खेतका सुकुमवासीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सरकारको भूमिसम्बन्धी नीति तथा बस्तीबाट हटाउने अभियानको विरोध गरेका हुन् ।

शुक्रबार वीरेन्द्रनगरमा भेला भएका सुकुमवासीहरुले आफूहरुलाई वैकल्पिक व्यवस्थाविना हटाउन खोजिएको आरोप लगाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउन खोजिएको भन्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् ।

उचित व्यवस्थापन, लालपुर्जा तथा सुरक्षित बसोबासको ग्यारेन्टी नगरी डोजर प्रयोग गरेर हटाउन खोजिएको भन्दै आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ । आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले चेतावनी दिएका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully