पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन दाहाल रुकुममा

निर्वाचनको समीक्षात्मक बैठक एवं कार्यकर्ता भेटघाटको कार्यक्रम

वैशाख १६, २०८३

महेश केसी

Dahal in Rukum to participate in internal party program

रुकुम पश्चिम — नेकपा संयोजक एवं रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल रुकुम पुगेका छन् । पार्टीको आन्तरिक बेला, बैठक आदि कार्यक्रममा सहभागी हुन आज काठमाडौंबाट नेपालन्ज हुँदै रुकुम पश्चिमको सदरमुकाम मुसिकोट पुगेका हुन् ।

नेकपाका जिल्ला संयोजक गोविन्द रोकाका अनुसार जहाजमार्फत सल्ले विमानस्थलमा ओर्लिएका दाहालको आजै मुसिकोट–५ स्थित सेरिगाउँमा रहेको सहिद प्रतिष्ठानको हलमा आयोजित जिल्ला समितिको विस्तारित बैठकमा सहभागी भई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । ‘यसपछि उहाँ आज यही बास बसेर भोलि बिहान रुकुम पूर्वतर्फ प्रस्थान गर्नुहुनेछ,’ उनले भने ।

यसपछि भोलि रुकुम पूर्वमा निर्वाचनको समीक्षात्मक बैठक एवं कार्यकर्ता भेटघाटको कार्यक्रम रहको बताइएको छ । यसबाहेक औपचारिक तथा सार्वजनिक कार्यक्रम भने नरहेको नेकपा रुकुम पश्चिम र पूर्वले जानकारी दिएको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully