सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार मंगलबार बिहान बसेको बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई संघीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
सुर्खेत — कर्णाली प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नयाँ नियमावली स्वीकृत गरेको छ ।
मंगलबार बिहान वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकले कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा राखी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार मंगलबार बिहान बसेको बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई संघीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।