अवस्था जटिल भएकोले रेफर गरिएको जिल्ला अस्पतालका डा शुभनारायण ठाकुरले बताए ।
कालिकोट — जिल्लाको विकट पलाँता गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
शनिबार साँझ जिल्ला अस्पताल मान्म पुर्याइएकी पलाँता गाउँपालिका–९ थिर्पूकी २२ वर्षीया अप्सरा शाहीलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको हो ।
अवस्था जटिल भएकोले रेफर गरिएको जिल्ला अस्पतालका डा शुभनारायण ठाकुरले बताए । ‘आईसीयूमा राखेर उपचार गर्नुपर्ने भयो,’ उनले भने, ‘प्रदेश अस्पतालमा आईसीयूको सुविधा भएकोले उतै पठाइयो ।’
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार गर्भमै रहेको शिशुको मृत्यृ भएको हुनसक्ने र अत्यधिक रक्तस्राव भई जटिल समस्या देखिएपछि उनलाई सुर्खेत रिफर गरिएको हो। उनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो ।
