कालिकोटमा ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु

रास्कोट- ६ बड्डालाकी ७ वर्षीया बालिका ममिता फर्सालको ट्याक्टरको ठक्करबाट मंगलबार मृत्यु भएको हो ।

चैत्र २४, २०८२

तुलाराम पाण्डे

Girl dies after being hit by tractor in Kalikot

कालिकोट —  

जिल्लाको रास्कोट नगरपालिकामा ट्याक्टरको ठक्करवाट एक बालिकाको मृत्यु भएको छ। रास्कोट- ६ बड्डालाकी ७ वर्षीया बालिका ममिता फर्सालको ट्याक्टरको ठक्करबाट मंगलबार मृत्यु भएको हो ।

शान्तिघाट–रास्कोट सडक खण्डमा कालोपत्र गर्ने क्रममा प्रयोग गरिएको ट्याक्टरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले बताए । उनका अनुसार रास्कोटकाे मडेछेक्नामा दुर्घटनामा परेकी बालिकालाई उपचारका लागि रास्कोट अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully