राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
सुर्खेत — मुगु केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति २ बजेर २२ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार मुगुको धैनकोट आसपास केन्द्रबिन्दु रहेको उक्त भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।
