विद्यालयलाई मोटरसाइकल किन्न सांसदले गरे २ लाख सहयोग

विद्यालयसम्म सडक पहुँच पुगे पनि मोटरसाइकल खरिद गर्न आर्थिक अभाव भएपछि विद्यालयको दैनिक कामकाजलाई सहज बनाउन आफूले सहयोग गरेको सांसद धनबहादुर बुढाले बताए ।

चैत्र १७, २०८२

रामचन्द्र न्यौपाने

MP donates 200,000 to buy a motorcycle for the school

डोल्पा — यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडास्थित कस्तूरी माध्यमिक विद्यालयलाई मोटरसाइकल खरिदका लागि २ लाख रुपैयाँ सहयोग गरेका छन्।

विद्यालयसम्म सडक पहुँच पुगे पनि मोटरसाइकल खरिद गर्न आर्थिक अभाव भएपछि विद्यालयको दैनिक कामकाजलाई सहज बनाउन आफूले सहयोग गरेको सांसद बुढाले बताए । आफूले यसअघि पनि विपन्न, दुःखी पीडित तथा मन्दिर–गुम्बा निर्माण र पुनर्निर्माणमा खर्च गर्दै आएको उनले सुनाए।

यसपटक डोल्पाली जनताले चौथो पटक निर्वाचित गराएकाले आफूले पाउने सेवा–सुविधा नलिने र त्यसलाई समाजसेवामै लगाउने प्रतिबद्धता पनि उनले दोहोर्‍याए। 

मोटरसाइकल खरिदमा आर्थिक सहयोग गरेको भन्दै विद्यालयले सांसद बुढालाई धन्यवाद ज्ञापन गरेको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully