गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रवीन्द्र चन्दलाई परिषद्को सदस्य सचिवका रूपमा नियुक्त गरेको थियो ।
वीरेन्द्रनगर — कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन् । सदस्य सचिव रवीन्द्र चन्दलगायतले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सदस्यसचिव चन्दलाई शपथ ग्रहण गराए । सोही अवसरमा परिषद्का उपाध्यक्ष प्रमोद हमाल तथा सदस्यहरू पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि शपथ लिए ।
गत चैत १२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले चन्दलाई परिषद्को सदस्य सचिवका रूपमा नियुक्त गरेको थियो । गत २०८१ पुसदेखि रिक्त रहेको सदस्य सचिव पदमा चन्द नियुक्त भएका हुन् ।
