आइतबार बिहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आइतबार रातिबाट अन्त्य हुने भएको छ ।
आइतबार बिहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशन चैत १५ गते आइतबार राति १२:०० बजेदेखि लागू हुने गरी अन्त्य गर्नका लागि सिफारिस गरिने प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
यस्तै नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रममा विनियोजित रकम कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने पनि बैठकले गरेको छ ।