कपुरकोटमा आगलागीबाट घर जलेर नष्ट

स्थानीय डिलबहादुर विकको खरले छाएको दुई तले घर जलेर नष्ट भएको हो ।

चैत्र १३, २०८२

विप्लव महर्जन

House destroyed in fire in Kapurkot

सल्यान — गएराति भएको आगलागीबाट सल्यानको कपुरकोट गाउँपालिका-५ मा एक घर जलेर नष्ट भएको छ ।

स्थानीय डिलबहादुर विकको खरले छाएको दुई तले घर जलेर नष्ट भएको हो । रातिको समयमा भएको आगलागीबाट घरमा भएका सबै सामग्री जलेर नष्ट भएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए ।

उनका अनुसार रातिमा भएकाले स्थानीय चार घण्टापछि मात्र आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

आगलागीको खबर आएपछि अहिले प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले जानकारी दिए ।आगलागीको कारण खुल्न नसकेको उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully