प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
सुर्खेत — वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शंकास्पद अवस्थामा बसेका वीरेन्द्रनगर-१० का ३६ वर्षीय हर्षसिंह ठकुरी र २२ वर्षीया तुला नेपालीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखाबाट खटिएको टोलीले सोमबार बेलुका पक्राउ गरेको हो ।
चेकिङका क्रममा उनीहरूको साथबाट २ ग्राम ब्राउनसुगर फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
