नेपाल स्वयंसेवी रक्तदाता समाज डोल्पा शाखा गठन

शनिबार ठूलीभेरी नगरपालिका-३ दुनैस्थित एक होटलमा आयोजित भेलाबाट स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

Nepal Voluntary Blood Donor Society Dolpa branch formed

दुनै — नेपाल स्वयंसेवी रक्तदाता समाज डोल्पा शाखा गठन गरिएको छ । समाजको यो ४५ औं जिल्ला शाखा हो । 

शनिबार ठूलीभेरी नगरपालिका-३ दुनैस्थित एक होटलमा आयोजित भेलाबाट स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो । उपाध्यक्षमा दिलमाया केसी, सचिवमा कर्ण विक र कोषाध्यक्षमा मिनराज बुढा चयन भए । 

सदस्यहरुमा सुमन थापा, जयकृष्ण हमाल, प्रेम थापा, नवीनकुमार शाही, रूपलाल बोहरा, आनन्द सिंह रावल, चन्द्रराज बुढा चुनिएका छन् । 

नवगठित कार्यसमितिको शनिबार नै बसेको बैठकले राज्यलक्ष्मी हमाल र डा. अखण्ड उपाध्यायलाई सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । 

भेलामा डोल्पा जिल्ला अस्पतालका मेसु डा.सिजन रावल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य, जिल्ला प्रशासनका कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल, संग्राम सार्दुल, सेनानी नेपाल आर्मी डा.अजयप्रसाद पाण्डे, दीपकराज भट्ट र सुवास रानालगायतको उपस्थिति थियो । 

सोही भेलाको अवसरमा दुनैस्थित ध्रुवतारा आधारभूत विद्यालयअन्तर्गत अपांग स्रोत कक्षामा अध्ययनरत कक्षा ४ की छात्रा शर्मिला बिकलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले कक्षा १२ सम्म अध्ययनका लागि सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully