बिहानैदेखिकाे बदलीपछि साँझदेखि उपल्लो डाेल्पा क्षेत्रमा भारी हिमपात भइरहेको छ भने तल्लो डाेल्पामा वर्षा सुरु भएको छ ।
डाेल्पा — जिल्लाकाे उत्तरी क्षेत्रमा पर्ने उपल्लो डाेल्पामा हिमपात सुरु भएको छ । बिहानैदेखिकाे बदलीपछि साँझदेखि उपल्लो डाेल्पा क्षेत्रमा भारी हिमपात भइरहेको छ भने तल्लो डाेल्पामा वर्षा सुरु भएको छ ।
तल्लो डाेल्पाका उच्च भेगका बस्तीमा भने हिमपात नै सुुरु भएको हाे । डाेल्पाबुद्ध गाउँपालिकाका पेमा छेवाङ् गुरुङका अनुसार उपल्लो डाेल्पामा हिमपात भइरहेको छ। यतिबेलाको हिमपात र वर्षातले खेतीबाली र पानीकाे स्रोत दुवैलाई फाइदा पुग्ने उनले बताए। हिमपातले गर्दा जनजीवन भने कष्टकर बनेकाे उनकाे भनाइ छ।
तल्लो डाेल्पामा पनि वर्षासँगै हिमपात भइरहेको छ। यसले कृषकलाई उत्साहित बनाएको छ। स्थानीय कृषकका अनुसार वर्षासँगैकाे हिमपातले अन्नबाली सप्रिने छ। यतिबेलाको हिमपातले यार्सागुम्बा उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने संकलकहरू बताउँछन्। यार्सागुम्बाकाे परिमाण र गुणस्तरमासमेत बृद्वि हुने उनीहरुकाे भनाइ छ । डाेल्पामा अहिलेको मौसमले कृषक, संकलक र स्थानीय बासिन्दा सबैमा उत्साह थपेको छ।
