रारा पुगिन् प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले रारा भ्रमण औपचारिक कार्यक्रम नभएको बताउँदै अवलोकन र भेटघाटमै केन्द्रित रहेको जानकारी दिइन् ।

चैत्र ५, २०८२

ज्योति कटुवाल

Prime Minister Karki reaches Rara

सुर्खेत — प्रधानमन्त्री सुशीला कार्की बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मुगु पुगेकी छिन् ।

उनले कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग भेटघाट गर्दै कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत–साधनका बाबजुद निर्वाचन सफल पार्न खेलेको भूमिकाप्रति धन्यवाद दिइन् ।

‘यस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि जिम्मेवारी निर्वाह गर्नु प्रशंसनीय छ,’ उनले भनिन् । प्रधानमन्त्री कार्कीले रारा भ्रमण औपचारिक कार्यक्रम नभएको बताउँदै अवलोकन र भेटघाटमै केन्द्रित रहेको जानकारी दिइन् । उनका अनुसार भ्रमणका क्रममा चन्दनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully