प्रधानमन्त्री कार्की मुगुमा*

उनी मुगुस्थित राराताल जाने कार्यक्रम रहेको छ। राराताल पुगेर सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गर्ने तथा तालको अवलोकन गर्ने कार्यतालिका रहेको छ ।

चैत्र ५, २०८२

ज्योति कटुवाल

Prime Minister Karki Muguma*

सुर्खेत — प्रधानमन्त्री शुसिला कार्की मुगु पुगेकी छिन् । बिहीबार बिहान प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत हुँदै मुगु पुगेकी हुन् । 

सुर्खेत हुँदै उनी रारा ताल पुगेकी छिन् । त्यहाँ सुरक्षा निकायका प्रमुखहरुसँथ भेटघाट तथा रारा तालको अवलोकन गर्न कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मुगु र जुम्ला भ्रमणपछि प्रधानमन्त्री शुक्रबार त्यहीँबाट जनकपुर जाने योजना रहेको छ । 

मुगु र जुम्लाको अन्य कार्यक्रमबारे भने विस्तृत जानकारी प्राप्त नभएको उनले बताए । प्रधानमन्त्रीसँग प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद सुवेदी, आदर्शकुमार श्रेष्ठ तथा प्रेस सल्लाहकार रामबहादुर रावल समेत सहभागी रहेका छन् । *सच्याइएकाे

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully