बेपत्ता युवक एक सातापछि मृत भेटिए

बेपत्ता रहेका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा मृत फेला परेका हुन्।

चैत्र १, २०८२

विप्लव महर्जन

Missing young man found dead a week later

सल्यान — घरबाटै बेपत्ता भएका सल्यानको दार्मा गाउँपालिका–६ भुर्तिबाङ्गका २६ वर्षीय का बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन् ।

घरबाट बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा मृत अवस्थामा फेला परेका हुन्। 

चन्दको शव सडेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए । मोबाइलबाट चन्दको शवको पहिचान खुलेको हो । 

प्रहरी निरीक्षक केसीका अनुसार चन्दको शव जिल्ला अस्पताल सल्यानमा ल्याएर राखिएको छ । घरबाट घुम्न निस्किएका चन्द फागुन २५ देखि बेपत्ता  थिए । घटनाको अनुसन्धान भैरहेको प्रहरी निरीक्षक केसीले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully