जिल्ला अस्पताल सल्यानका चिकित्सक साह अचेत भेटिए

महोत्तरीको रतैली नगरपालिका–७ घर भएका डा. साह आइतबार बिहानदेखि सम्पर्कविहीन रहेका थिए।

चैत्र १, २०८२

विप्लव महर्जन

Doctor Sah of District Hospital Salyan found unconscious

सल्यान — जिल्ला अस्पताल सल्यानमा कार्यरत एमडिजिपी चिकित्सक डा. बुद्धिनाथ साहले अचेत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको रतैली नगरपालिका–७ घर भएका डा. साह आइतबार बिहानदेखि सम्पर्कविहीन रहेका थिए । उनको खोजीका क्रममा अस्पतालको निर्माणाधीन भवनमा विषादी सेवन गरी अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए ।

गम्भीर अवस्थामा भेटिएका साहलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत हुँदै काठमाडौं लैजाने तयारी भइरहेको उनले जानकारी दिए । सुर्खेतबाट हेलिकप्टर मगाइए पनि खराब मौसमका कारण दिउँसो डेढ बजेसम्म आउन सकेको छैन ।    

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully