बिहीबारदेखि हराइरहेका नरहरिनाथ-३ का २२ राजेन्द्र बुढा नरहरिनाथ गाउँपालिका-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
कालीकोट — दुई दिनदेखि सम्पर्कविहीन रहेका एक युवक शनिबार मृत फेला परेका छन् ।
बिहीबारदेखि हराइरहेका नरहरिनाथ-३ का २२ राजेन्द्र बुढा नरहरिनाथ गाउँपालिका-२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मृतक स्थानीय दानबहादुर बुढा र मनपुरा बुढाका जेठा छोरा हुन् । उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए ।
शनिबार दिउँसो बालुवा ल्याउन गएका स्थानीय एक दम्पतीले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेको प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए । उनको शव सडकबाट ५ सय मिटर तल खाेला नजिकै पाइएको हो । घटनाकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।